arrow

रामचन्द्र पौडेलद्धारा ‘शुक्रराज शर्मा’ प्रदेश सभापतिको उम्मेदवार भएको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
Ramchandra poudel.jpg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले नेता शुक्रराज शर्मालाई प्रदेश सभापति पदको उम्मेदवार घोषणा गरेका छन् । बिहीबार राति ८ः३० बजे नेता पौडेलले शर्मालाई गण्डकी प्रदेश सभापतिको उम्मेदवार घोषणा गरेका हुन् ।

दुई दिनदेखि पोखरामा रहेर छलफल गरेका नेताहरु पौडेल र शशांकलाई आफू पक्षीय नेताहरु मिलाउन निकै सकस परेको थियो । आफू पक्षका पाँच नेता नै आकांक्षी भएर आफू खुशी उम्मेदवारी घोषणा गरेपछि नेता पौडेल तनावमा थिए । 

पौडेल र कोइराला समूहबाट कास्कीकै यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

सभापतिका उम्मेदवार शर्मा कास्की कांग्रेसका पूर्व सभापति हुन् । उनले १७ वर्ष कास्की कांग्रेस हाँकेका थिए । परिवर्तित नेपाल बनाउन आफू राजनीतिमा होमिएको भन्दै उनले पार्टीको सभापति भएर राष्ट्रियता, प्रजातन्त्र, समाजवादको जगमा स्थापित नेपाली काँग्रेसलाई विधि, पद्धति र संस्थागत संचालन गर्ने स्पष्ट पारे । 

उनले युवा पुस्ता र अग्रपुस्ताको समन्वयमा प्रशिक्षित युवाको नेतृत्व स्थापित गर्ने संकल्प गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ