arrow

कांग्रेस प्रदेशमा आज उम्मेदवारी दर्ता, लुम्बिनीमा संस्थापन पक्षले बनायो यस्तो टीम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
congress-lumbini-always.jpg

रुपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । कांग्रेसले सातै प्रदेशमा आज चुनावका लागि उम्मेदवारी दर्ता गर्न लागेको हो । 

भोलि मतदान हुनेछ । यसैबीच लुम्बिनी प्रदेश अधिवेशनको लागि कांग्रेसको संस्थापन पक्षले आफ्नो टीमको घोषणा गरेको छ । संस्थापन पक्षका नेता भरतकुमार शाहसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै टीमको घोषणा गरिएको हो । 

संस्थापन पक्षले सार्वजनिक लेखा समितिका सभापति तथा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहको नेतृत्वमा उम्मदेवारी दिने घोषणा गरेको हो ।

सो समूहबाट २ उपसभापति पदमा कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनाल, २ महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी, एक महिलासहित ३ सहमहामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहलाई उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

सदस्य पदको लागि भने अझै छलफलकै क्रममा रहेको सभापति पदका उम्मेदवार शाहले बताए । सदस्यको टुंगो लागेपछि पुनः सार्वजनिक गरिने उनले बताए ।

नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

त्यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछ्न् ।

समावेशी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातितर्फ २ महिलासहित ५ जना, मधेशीतर्फ २ महिला सहित ४ जना, दलिततर्फ २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांगमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति चयन हुने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ