arrow
ADVERTISEMENT

प्रदेश कार्यसमिति सदस्यमा मधुकर खनालको उम्मेदवारी, को हुन् खनाल ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
madhukar-khanal-congress-ka.jpg

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा मधुकर खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार हेटौंडामा हुने निर्वाचनमा खनालले प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सर्वाधिक मतसहित विजयी भएका खनाल बागमतीमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । कांग्रेसमा अग्रजलाई सम्मान र युवालाई जिम्मेवार बनाउनु पर्ने उनको धारणा छ । नेपाली कांग्रेसको रुपान्तरणको निम्ति प्रदेश सदस्यमा उम्मेदवारी दिने खनालको भनाइ छ ।

खनालको २०५५ सालमा जन प्रशासन क्यापसको इकाई स्ववियू सभापतिबाट नेतृत्वको राजनीतिक यात्रा शुरु भएको थियो । त्यसयता उनी राजनीतिमा लगनशीलता र निरन्तरतालाई जारी राखिरहेका छन् । खनालले राजसंस्था कति भनेर प्रमुख भूमिकामा रहेर बहस नै चलाएका थिए ।

खनाल क्रमशः नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत बने । खनाल कांग्रेसले गरेको प्रतिगमनविरुद्धको आन्दोलनमा निरन्तर सहभागी भए । कांग्रेसले २०६० माघ १९ पछि थालेको आन्दोलनमा उनी पक्राउ परे । त्यो समयमा खनाललाई ३ महिना २१ दिन तत्कालीन शाही शासनले क्रुरतापूर्वक नजरबन्द राखेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा खनाललाई सुशील कोइरालाले भक्तपुरको पार्टी सम्पर्क व्यक्ति तोकेका थिए ।

खनालले २०६२–०६३ को जनआन्दोलनमा मध्यपुर थिमी नगरपालिकाको आन्दोलनको मुख्य नेतृत्व गरेका थिए । 

कांग्रेसको १२ औं महाधिवेशनमा खनाल काभ्रे जिल्ला कार्यसमितिको सदस्य थिए । विगत ३ वर्षदेखि पार्टीको सूचना, सञ्चार प्रचार विभागको केन्द्रीय सदस्यका रहेका खनाल विभागले सञ्चालन गरेको ‘छहारी संवाद’ का प्रस्तोतासमेत हुन् । 

जस्तोसुकै कठिन परिस्थितिमा पार्टीका लागि खम्बा बनेर उभिने नेताका रुपमा खनाल चिनिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ