- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । राजनीतिमा पछिल्लो समय युवाहरुको आकर्षण बढिरहेको र नेतृत्व वर्गमासमेत युवाहरुको भूमिका आवश्यक ठान्न थालिएको अवस्थामा मोरङ बेलबारीका युवा विजय तोलाङ्गी २४ वर्षको उमेरमा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
मोरङको बेलबारी २ का उनी क्षेत्र नम्बर ३ बाट दलित कोटातर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि बन्न सफल भएका हुन् । उनी मोरङकै कान्छा प्रतिनिधि हुन् । २०६७ सालबाट उनको राजनीतिक यात्रा शुरु भएको हो ।
सावित्री माविमा सचिव हुँदै सभापति बनेका उनी प्रदेश १ कै उत्कृष्ट ठूलो सुकुना बहुमुखी क्याम्पसमा सदस्य, सहसचिव,सचिव हुँदै हाल सभापतिका रुपमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
युवा सजगता अभियान मोरङको संयोजक वर्तमान नेपाल दलित संघ केन्द्रीय महाधिवेशन प्रतिनिधिलगायत दर्जनौंं संघसंस्थामा आवद्ध रहेका छन् । उनले स्नातक तह सम्मको अध्ययन गरेका छन् ।
कांग्रेसमा केन्द्रीय सभापतिका उम्मेदवार डा. शेखर कोइराला, डा. सुनील कुमार शर्मा लगायतका नेताहरुसँग उनी निकट मानिन्छिन् ।
राजनीतिलाई विशुद्ध सामाजिक सेवा गर्ने पवित्र स्थलको रुपमा लिने उनी अबको कांग्रेसको नेतृत्व उमेरले मात्र होइन विचार,काम र कृयाशीलताले पनि युवा हुनुपर्छ नेतृत्व पोखरी जस्तो नभै नदी जस्तो सलल बगेको हुनुपर्छ भन्ने मान्यता राख्छन् ।