arrow

यस्तो छ बागमती प्रदेशमा केसीको प्यानल

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
kc- htd.jpg

हेटौंडा । आसन्न नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा जगदिश नरसिह केसीले आफ्नो टिमको घोषणा गरेका छन् । बिहीबार राती हेटौंडा आएर केसीले प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषणा गरेका हुन् । उनि कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

उनी नेतृत्व टिमको उपसभापतिमा मोहन बस्नेत, राजेन्द्र बुर्लाकोटी महामन्त्रीमा माइकल रामचन्द्र अर्याल, कंचन चन्द्र बादे रहेका छन् ।

उक्त टिमको सहमहामन्त्री पदका उम्मेदवारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ।

टिम घोषणा कार्यक्रममा उम्मेदवार केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन् ।

प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको छ।

प्रदेशको प्रथम अधिवेशनमा २१ सय प्रतिनिधिले मतदान गर्नेछन। अधिवेशन हेटौंडा-१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ