arrow

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सुशील नाहाटाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
sushil-nahata-congress-cand.gif

काठमाडौं । सुशील नाहाटालाई धेरै मान्छेहरुले पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्यसचिवको रुपमा चिन्छन् । तर उनको परिचय यत्तिमा मात्र सीमित छैन । उनी नेपाली कांग्रेसका नेता पनि हुन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उठ्ने घोषणा गरेका छन् । उनको चाहना आरक्षण कोटाबाटै चुनाव लड्ने छ । ‘सम्भवत अल्पसंख्यक आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा चुनाव लड्छु होला’ उनले भने । 

पशुपति क्षेत्र कोषको सदस्यसचिव हुँदा उनले पशुपति क्षेत्रको लागि धेरै काम गरेका थिए । नाहाटाले कांग्रेसको १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । 

त्यसबेला उनले कुनै टिममा नरहेर पनि करिब ३ सय भोट ल्याएका थिए । त्यसबेला उनलाई विकट हिमाली जिल्ला डोल्पाबाटसमेत भोट आएको थियो । यसपटक केन्द्रीय सदस्य पदमा चुनाव जित्ने गरी तयारी शुुरु गरेका छन् । कार्यकर्ताहरुसँग उनी भिजेका छन् । 

टिमको विषयमा भने उनी खुलेका छैनन् । टिमबाटै चुनाव लड्नु पर्छ भन्ने सोच पनि उनीसँग छैन । टिम बनाएर उम्मेदवारी दिँदा यसले पार्टीभित्र गुट, उपगुट सिर्जना हुने र अन्ततः यसले पार्टीलाई नै हानि गर्ने उनको विश्लेषण छ । 

‘स्वतन्त्र रुपमा उम्मेदवारी दिऔं । म आफैं कति क्षमतावान छु, कार्यकर्ताको बीचमा म कति भिजेको छु त्यो पनि थाहा हुन्छ’ उनले भने । 
२०४६ सालको आन्दोलनपछि नाहाटा राजनीतिमा सक्रिय भए । उनी कांग्रेसप्रति प्रतिबद्ध भइ राजनीतिमा होमिएको बताउँछन् । 
 



नयाँ