- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस ललितपुरको दुई पटक जिल्ला कार्यसमितिको सभापति भइसकेका मदन अमात्यले कांग्रेसको १४औ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी ललितपुर कांग्रेसमा भिजेका नेता हुन् । अब देशभरै भिज्ने उनको प्रयास छ ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनले नेपाली कांग्रेसबाट ललितपुर ३ बाट उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी हुन नसके पनि स्थानीय तहको निर्वाचनमा उनले ललितपुर उपमहानगरपालिका लगायतका ललितपुरका नगरपालिका तथा गाउँपालिकाहरुमा कांग्रेसलाई जिताउन सफल भएका थिए ।
उनी कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइसँग प्रभावित भएका छन् । उनी कांग्रेसको संस्थापन टिमसँग नजिक छन् । १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा विजयी गराउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।
१४ औं महाधिवेशनमा संस्थापन टिमबाट चुनाव लड्ने उनको तयारी छ । केन्द्रीय सदस्य पदमा महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक भोट ल्याउने गरी आमात्यले तयारी शुरु गरेका छन् ।
पार्टीभित्र गुट उपगुट बन्द गरी पार्टीलाई विधि विधानअनुसार चलाउने उनको पहिलो एजेण्डा हो । ‘पार्टीलाई बलियो बनाऔ, पार्टीभित्र गुट उपगुट बन्द गरौं र पार्टीलाई सिस्टममा लैजाऔं’ उनले भने ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई ललितपुर जिल्लाबाट मात्र नभइ देशभरबाट विजयी गराउने र पहिलो पार्टीको रुपमा जिताउने उनको अर्को एजेण्डा छ ।
कांग्रेस ललितपुरको सभापति हुँदा उनले पार्टीको नाममा जग्गा ल्याउने काम गरेका थिए ।