arrow

उदय शमशेर राणाले कांग्रेस खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
udaya-shamsher-rana.jpg.jpeg

काठमाडौं । उदय शमशेर राणाको सिंगाो परिवार राजनीतिसँग जोडिएको छ । नेपाली कांग्रेसप्रति उनको पारिवारिक लगाव छ । पिताको लगाव देखेर उनी नेपाली कांग्रेससँग जोडिए ।  

राणा त्यसयता आफूलाई निरन्तर अगाडि बढाइरहेका छन् । राणाले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको तयारी छ । 

उनी शुरुदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक छन् । यसपटक पनि संस्थापन पक्षबाटै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनको तयारी छ ।  

१३ औं महाधिवेशनमा उनले झण्डै केन्द्रीय सदस्य पदमा चुनाव जितेका थिए । त्यसबेला उनको भोट २६ औं नम्बरमा थियो । जबकि २५ औं स्थानसम्म भोट ल्याएकाहरु कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित थिए । 

यसपटक खुला केन्द्रीय सदस्यको कोटा बढाइएको छ । यसपटक ३५ जना भित्र आफ्नो भोट आउनेमा उनी ढुक्क छन् । 

उनको पुख्यौली घर ललितपुर हो । ललितपुरबाटै उनले राजनीति शुरु गरे । ललितपुरमा उनी भिजेका नेता हुन् । उनी तरुण दलको अध्यक्ष पनि भए । तरुण दलको अध्यक्ष हुँदा उनले आफ्नो नेटवर्क देशभर जोडे । 

यसपटक देशभरका महाधिवेशन प्रनिधिहिरुको भोट ल्याउन उनको दौडधुप अहिले जारी छ । नेपाली कांग्रेसलाई सशक्त र बलियो बनाउने उनको एजेण्डा छ । 
 



नयाँ