- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा शुक्रबारदेखि शुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शन रहेको हो ।
नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ । शुक्रबार जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजना हुने जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले जानकारी दिएका हुन् ।
नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्दछ । दर्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गर्दछन् ।
आजदेखि शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्नेछ ।
शनिबार फूलबारी लीला, मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा हुनेछ ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।