arrow
ADVERTISEMENT

बागमती प्रदेशमा कांग्रेसको यस्तो छ संस्थापनको प्यानल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
congress-bagmati-province-11.jpg

हेटौंडा । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशनमा शेरबहादुर देउवा समूहबाट ईन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । पत्रकार सम्मेलनमार्फत कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति बानियाँको नेतृत्वको समूहको उम्मेदवारी घोषणा गरेका हुन् । 

बानियाँ नेतृत्वको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेद्वार रहने छन् । अन्य ८३ जना सदस्य रहने छन् । बागमती प्रदेश समिति कूल ९१ सदस्यीय हुनेछ ।

उम्मेदवारी घोषणासभामा बोल्दै प्रदेश सभापति पदका उम्मेद्वार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशलाई समृद्ध बनाउनको लागि र आम प्रदेशबासीले आफ्नो नजिकको पार्टी कांग्रेस हो भन्ने अनुभूति दिलाउनको लागि आफूहरुले उम्मेदवारी घोषणा गरिएको बताए । 

अधिवेशनअन्तर्गत आज मनोनयन दर्ता गरी अन्तिम उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । भोलि बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । करिब २ हजार १ सय प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् ।

अधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । केसीका तर्फबाट प्यानलसमेत तयार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ