arrow

नेपाली कांग्रेस गण्डकीका पर्याय शुक्रराज शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
Shukraraj_Sharma.jpg

पोखरा । नेपाली कांगेसका नेता शुक्रराज शर्मा गण्डकी क्षेत्रमा कांग्रेसको पर्यायवाची नाम हो । कांग्रेसका संस्थापक वीपी कोइरालादेखि गणेशमान, सुर्वण शमशेर, गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला मात्रै होइन अहिले कै सभापति शेरबहादुर देउवाले समेत शुक्रराज शर्मालाई कुशल संगठककै रुपमा चिन्छन् । 

शुक्रराज शर्मा नेपाली कांग्रेस कास्कीको १७ वर्ष सभापति बने । उनकै सक्रिय नेतृत्वमा कास्की कांग्रेसले २०५६ सालको आम निर्वाचनमा कास्कीका तीनै निर्वाचन क्षेत्र जितेको थियो । 

राष्ट्रिय सभाको सांसद बनेका नेता शर्मा पार्टी संगठन र संरचना दुवै निर्माणमा अब्बल देखिएका छन् । नेता शर्माकै नेतृत्वमा नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय, क्षेत्रीय कार्यालय तथा कतिपय वडाका पार्टीका भवनहरु समेत निर्माण गरिएको छ । 

अहिले पनि उनी प्रदेश पार्टी कार्यालय र गण्डकीमा कांग्रेस बलियो बनाउने सपना देख्छन् । ‘मेरो पूरै जीवन पार्टीको संगठन निर्माणमा बित्यो, अब अरु ठूलो आकांक्षा छैन । एउटै इच्छा छ गण्डकी प्रदेश कांग्रेसमय बनाएर युवा पुस्तालाई जिम्मा लगाउँछु’, नेता शर्मा भन्छन् । 

अहिले कांग्रेसमा विकृति र विसंगति पसेको छ, त्यसैले पनि इमानदार, दुःख पाएका, निष्ठावान कार्यकर्ता संरक्षण गर्ने आफ्नो मूल दायित्व रहेको सभापति पदका उम्मेदवार शर्माले बताए ।  

कांग्रेसले वीपीको विरासत र विचार बिर्सेकोप्रति इंगित गर्दै नेता शर्माले भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा फिर्ता ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरे । 

कांग्रेस राजनीतिमा करिब ६ दशक बिताएका शर्माले शुक्रबार गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेपछि गण्डकी प्रदेशका आम कार्यकर्तामा थप नयाँ उत्साहसमेत छाएको छ । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला सहितका नेताहरुको उपस्थितिमा हिजो मात्रै शर्मालाई गण्डकी प्रदेश सभापतिको उम्मेदवार घोषणा गरिएको थियोे । 

शर्मालाई कास्कीका हस्ती नेताहरु महादेव गुरुङ, यज्ञबहादुर थापा, देवराज चालिसे, कृष्ण केसी लगायतको बलियो साथ छ । 

त्यसैले पनि शर्मा सभापति जित्नेमा थप उत्साही भएको शर्मा निकट पोखरा ६ का पार्टी सभापति सन्तोष पौडेल बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ