- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका नेविसंघ अध्यक्ष राजिब ढुंगानाले पार्टीलाई अनुशासनको दायरामा ल्याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
‘पार्टी भित्र बढ्दै गएको अनुशासन विहिन गतिविधिलाई नियन्त्रण गर्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने मुल उद्देश्यका साथ मेरो शसक्त उम्मेदवारी हो,’उनले भने,‘नेविसंघको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेकाले अब देशभरका प्रतिनिधिहरुले मेरो उचित सम्मान र माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
२०५७ सालदेखि नेविसंघको सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनले पार्टीभित्र प्रशिक्षण र अनुशासनलाई आत्मसात गरियो भने पार्टी बलियो हुने उनको दाबी छ ।
प्रदेश नम्बर १ को सुनसरीका स्थायी बासिन्दा ढुंगाना भन्छन्,‘यस पटकको महाधिवेशनबाट जबरजस्त रुपमा युवाहरुको प्रवेश हुने भएकाले प्रशिक्षण र अनुशासनलाई आत्मसात गरियो भने मात्रै पार्टी बलियो हुन्छ ।’
कांग्रेसको ११औं महाधिवेशनदेखि महासमिति सदस्य समेत रहँदै आएका उनले पार्टीको केन्द्रीय सदस्य विजयी भइसकेपछि शीर्ष नेताहरुसँग परामर्श गरेर नेविसंघको नेतृत्वबारे निर्णयमा पुग्ने पनि बताए ।
नेविसंघलाई चुस्त दुरुस्त रुपमा अघि बढाउन र अधिवेशन गर्नका लागी कोरोना महामारी कारण असर्मथ रहेको जनाउँदै उनले आगामी दिनमा संगठनलाई चलायमान बनाउन नयाँ पुस्ताहरुलाई जिम्मेवारी दिंदै जाने बताए ।