arrow

सञ्चारिका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
Sancharika samuha tanahun.jpg

तनहुँ । सञ्चारिका समूह नेपाल तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन भएकी छन् । समूहको तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनबाट रसाइली अध्यक्षमा चयन भएकी हुन् ।

समूहको उपाध्यक्षमा ममता गुरुङ, सचिव सुनिता आचार्य, सहसचिव निशा थापा मगर, कोषाध्यक्ष शर्मिला विक चय भए ।

यस्तै, कार्यसमिति सदस्यहरुमा करुणा थापा, मञ्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला छन् ।

यसैगरी सल्लाहकारमा निवर्तमान अध्यक्ष सन्तोषी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष भूमीका आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का र नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष अस्मिता खनाल छन् ।

कार्यक्रम शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा महिला पत्रकारको अवसर र चुनौती दुवै रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ