arrow

काँग्रेस जिल्ला सदस्यको कान्छो उम्मेदवार वीरेन्द्रले ल्याए अत्यधिक मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
birendra-sah.JPG

मोरङ । नेपाली काँग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । उम्मेदवार मध्ये सबै भन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाहले अत्यधिक मत अर्थात् १३१२ मत ल्याएर विजयी भएका हुन् ।

समाजसेवासँगै राजनीतिमा होमिएका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए । शाहले जितसँगै खुसी प्रकट गर्दै भने, मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ, पदको सही सदुपयोग गर्दै अझै धेरै सङ्गठन निर्माणको काम गर्नेछु। आफुले उम्मेदवारी दिने क्रममा प्रस्तावक र समर्थक नभेटेको गुनासो गरे।

उनले भने, कोही अघि बढ्दै छ भने किन रोक छेकको काम गरिन्छ। विदेशमा युवाहरूले विश्व हल्लाएको दिदैं निषेधको राजनीति नगर्न उनले आग्रह गरे।
जिते काम गर्ने, हारे अनुभव हुने सोचमा उम्मेदवारी दिएका शाहलाई बधाईको ओइरो लागेको छ।

को हुन वीरेन्द्र
उनको आफ्नो गतिलो घर छैन,तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन्। नियमित आम्दानी भएका जागिरे पनि होइनन्। तर, मृत्यु सैय्यामा पुगेका सयौँ बिरामीलाई नयाँ जीवन दिन उपचार खर्च जुटाउँछन् । पेशले पत्रकार भए पनि उनी अहोरात्र सामाजिक काममा हुन्छन् । आफ्नो गोजीमा बिहानको खाना र दिउँसोको खाजा खर्च नहुँदा पनि उनी विपन्न र दुखीको सेवामा जुट्छन्।

उनै श्रमजीवी वीरेन्द्रकुमार साह यतिबेला मोरङ काँग्रेसको जिल्ला सदस्यमा विजयी भएका छन् । उमेरले भर्खर २४ वर्ष पुगेका साह मोरङको सुनवर्षी–२ सुँगा बजारका स्थायी बासिन्दा हुन्। विराटनगरसँग उनको पत्रकारिताको नाता छ। नभए उनी सधैँ गाउँघर मै भेटिन्थे। गाउँमा बाढी पस्दा उनी एक हातमा छाता र अर्को हातमा माइक्रोफोन बोकेर बाढीबाटै प्रत्यक्ष प्रसारणमा आउँछन्।

समाजमा स्थापित पत्रकार मात्र होइन, उनले सामाजिक कार्यकर्ताको भूमिका पनि उत्तिकै निर्वाह गरेका छन्। विराटनगरबाट २७ किलोमिटर पूर्वमा उनको गाउँ छ। सातामा दुई पटक सम्म गाउँ पुग्ने वीरेन्द्र पत्रकारितामा आएको एक दशक पुग्नै लाग्यो। काठमाडौँका ‘मेन स्ट्रिम’का मिडियामा काम गरे पनि उनले आफ्ना लागि न घर बनाउन सकेका छन्। न एउटा मोटरसाइकल जोड्न सकेका छन्।

भन्छन्–तलब पारिश्रमिक सबै सोसल काममा सकिन्छ। नेविसङ्घको राजनीतिबाट काँग्रेसको राजनीतिमा आएका साह नेपाल पत्रकार महासङ्घ मोरङका निर्वाचित जिल्ला सदस्य हुन्।

पत्रकारले राजनीति गर्नु हुन्न भन्ने साहलाई थाहा छ। उनले भने– एउटा पत्रकार विचार बिनाको हुँदैन। कोही काँग्रेस हुन्छ, कोही कम्युनिस्ट, कोही अरू कुनै दल वा आस्थासँग नजिक हुन्छ। पत्रकारले समाचार लेख्दा पार्टीको आस्थासँग जोडिनु हुँदैन। आस्थालाई अलि पर राखेर ल्यापटप खोल्नु पर्छ। उनले आफ्नो पत्रकारिता आजका मितिसम्म निष्पक्ष भएको दाबी गरे।

साहले आफै अध्यक्ष भएर हिपमत मिडिया प्रालि सञ्चालन गरेका छन्। विराटनगरमा कार्यालय रहेको मिडियामा ६ जना श्रमजीवी कार्यरत छन्। सानो कदका भए पनि वीरेन्द्रको सामाजिक उचाइ कुनै प्रतिष्ठित व्यक्तिको भन्दा कम छैन। उनी भन्छन्–मोरङ काँग्रेसको जिल्ला सदस्यमा जिताउनुभएकोमा धन्यवाद दिन चाहन्छु।

पैसा र पावरले पार्टी सञ्चालन गर्ने विरुद्ध आफ्नो उम्मेदवारी भएको दाबी गर्दै उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न उम्मेदवार बनेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ