arrow

कांग्रेस नेता तिलक रुवालीद्धारा प्रदेश महामन्त्रीमा उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
Tilak Ruwalu.jpg

हेटौंडा । नेपाली कांग्रेसका प्रभावशाली नेता तिलक रुवालीले प्रदेश महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शुक्रबार बागमती प्रदेशको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी धादिङका नेता हुन् । पार्टीलाई सशक्त ढंगले अघि बढाउन, शक्तिशाली र थप लोकप्रिय पार्टी बनाउन आफू चुनाव मैदानमा होमिएको बताए । रुवाली पार्टीभित्र निष्ठाका प्रतिमूर्ति र संगठक नेताका रुपमा परिचित छन् । 

उनले संगठित र प्रशिक्षत कांग्रेस बनाउन आफू सक्रिय भएर लाग्ने स्पष्ट पारे । नेता रुवाली सबल नेतृत्व, समृद्ध प्रदेशको नारासहित सभापति पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका हुन् ।

बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ