arrow

कांग्रेस बागमती प्रदेशको केन्द्रीय सदस्यमा सन्तोष पाण्डेको उम्मेदवारी   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
santosh-pandey-congress-dol.jpg

हेटौंडा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी प्रदेश अधिवेशनमा बागमती प्रदेशको केन्द्रीय सदस्यमा सन्तोष पाण्डेले उम्मेदवारी दिएका छन् । दोलखाबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका उनले बागमती प्रदेश समितिमा युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको जानकारी दिए ।

२०५४ सालमा कालीनाग माध्यमिक विद्यालय सुनखानी दोलखाको नेविसंघ इकाइ सभापति हुँदै नेविसंघको केन्द्रीय सदस्यसम्म भएका पाण्डेले सबल र सुदृढ कांग्रेस निर्माणका लागि उम्मेदवारी दिएको बताए ।
 
काठमाडौं चावहिलको पशुपति क्याम्पसमा नेविसंघ इकाइ सभापति साथै स्ववियूको सभापति भएका उनले भूगोलका हिसाबले बागमती प्रदेशमा आफू सक्षम र उपयुक्त रहेको जनाउँदै खुल्ला तर्फबाट सदस्यमा विजयी हुने दाबी पनि गरे ।

‘अब कांग्रेसले युवा जोश खोजेको छ । मुलुकको समृद्धि र विकासका लागि युवा सहभागिता आवश्यकता रहेकाले आगामी आम चुनावमा कांग्रेसलाई बहुमत दिलाउन पार्टीको महत्वपूर्ण स्थानमा युवा सहभागिताका लागि मेरो उम्मेदवारी जरुरी ठानेको छु’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ