- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौर। नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधाहरूको प्रमाणपत्र बनाउन सभापति कृष्णा यादव नेतृत्वको संस्थापन समूहले अवरोध गरेको भन्दै संस्थापन इतर पक्षले आक्रोश पोखेको छ।
सुरुमा सर्वसम्मति भन्दै चुनाव नै रोकिएपछि मङ्सिर ४ गते १ सय ५१ जनाले लिखित रूपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए। सोही पत्रको दबाबपछि चुनाव गराइए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरिएको असन्तुष्ट पक्षको आरोप छ।
लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन्। क्षेत्र नं ४को चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि बिहीबारदेखि नै प्रमाणपत्र दिन रोकिएको संस्थापन इतरका नेताहरूको आरोप छ। स्थानीय काँग्रेस कायकर्ताले छिट्टै निर्वाचन प्रमाणपत्र नदिए विरोधका कार्यक्रम गर्ने तयारी गरेका छन्।