arrow

हाम्रो पात्रो एपबाट दुई महिनामा एक करोड बढीको रेमिट्यान्स भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
hamro-remit-one-crore.jpg

काठमाडौँ। नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपबाट १ करोड भन्दा बिको  रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिना अघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो।

यो अवसरमा हाम्रो पात्रो इंकका सिइओ शङ्कर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन्। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा दिनु हो,अबको केही समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुविधा सुरु गर्ने गृहकार्य गर्दै छौ। त्यसै गरी "इन्स्ट्यांन्ट ट्रान्सफर" सुविधा चाडै आउने शङ्कर उप्रेतीले बताए- जस अन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैङ्क खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरूमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ। साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ