- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज ६ प्रदेशमा मतदान हुँदैछ । कांग्रेसभित्रको तीन धारबीच प्रतिस्पर्धा हुँदैछ । विशेषगरी संस्थापन र संस्थापन इतर पक्षबीच भिडन्त हुँदैछ ।
प्रदेश २ मा भने भोलि मतदान हुँदैछ । आज उम्मेदवारी दर्ता हुँदैछ । नेतृत्वका लागि तीन धार नै सक्रिय रहने सम्भावना रहेको छ । संस्थापन पक्षबाट कृष्ण यादवले टिकट पाउने सम्भावना रहेको छ ।
त्यस्तै कांग्रेस इतरबाट रञ्जित कर्ण सभापतिको उम्मेदवार हुनेछन् । त्यस्तै प्रदेश २ मा आफ्नो पकड बलियो बनाएका विमलेन्द्र निधी निकटबाट रामसरोज यादवको उम्मेदवारी पर्ने बताइएको छ ।
संस्थापनमै रहेका निधीले यसपालि सभापतिमा लड्ने घोषणा गरेसँगै सभापति शेरबहादुर देउवासँग दूरी बढेको छ । तर उनको इतर पक्षसँग पनि तालमेल भइरहेको छैन ।
देउवा र निधीका छुट्टाछुट्टै उम्मेदवार खडा हुने भएपछि बलियो इतर पक्षबाट प्रदेश २ को नेतृत्व सम्हाल्ने सम्भावना देखिएको छ ।