- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । नेपाली कांग्रेस कास्की जिल्लाका नेता गुरु बरालले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् । नेविसंघबाट राजनीति शुरु गरेका बरालले महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन् ।
२०४२ सालबाट विद्यार्थी राजनीति शुरु गरेका बराल २०५७ सालमा कास्की जिल्लाको नेविसंघ सभापति बनेका थिए । २०६३ सालको नेविसंघको नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा लोकप्रिय मतका साथ निर्वाचिन भएका बराल हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
‘दुई कार्यकाल महासमिति सदस्यको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रूपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरूले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु’, बरालले भने ।
उनको दृढता छ, ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयास गरेको छु ।’ केन्द्रीय सदस्यको उम्मेद्वार बनेपछि निर्वाचन तयारीका लागि प्रदेश राजधानी दाङ, सुर्खेत, सुदूरपश्चिम प्रदेश र संघीय राजधानी काठमाडौंसहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको बरालले जानकारी दिए ।