arrow

कांग्रेस बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी, मतदान प्रक्रियामा ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congres8-hedudaa.jpg

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन हेटौंडामा जारी छ । सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

आज शनिबार विहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु भएको छैन । मतदान शुरु हुन अझै केही समय लाग्ने बताईएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको काँग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमतीका सदस्य ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा  बिहीबारबाट अधिवेशन सुरु भएको हो । शनिवार बिहान ९ बजेदेखि मतदान शुरु हुने भनिए पनि केही ढिला भएको छ । 

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधिले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सह महामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ