- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विराटनगरमा जारी प्रदेश नम्बर १ को अधिवेशनमा प्राविधिक गडबडी देखिएको छ ।
विहान ८ बजे सुरु हुने भनिएको मतदान प्राविधिक गडबडीका कारण ढिलाइ भएको छ । नामावली छपाईको त्रुटीका कारण समस्या उत्पन्न भएको बताइएको छ ।
निर्वाचन तालिका अनुसार आज विहान ८ बजेदेखि मतदान हुनुपर्ने थियो । तर, प्रदेश समिति सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतपत्रमै नभेटिएपछि मतदान रोकिएको हो । जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए ।
मतदान सुरु हुनु अघि उम्मेद्वारहरुकै नाम मतपत्रमा नभएको पत्तो लागेको थियो । निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया रोकेको हो ।
दिउँसो १२ बजेसम्ममा नयाँ मतपत्र छापेर ल्याइसक्ने भनिए पनि मतदानस्थलमा मतपत्र ढिलासम्म पुग्न सकेको छैन । मतदान सुरु गर्न छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।