arrow

हेटौंडामा काङ्ग्रेस महाधिवेशन : मतदानका लागि नौं वटा बुथ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congress-bagmati1.jpg

हेटौंडा । हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया अघि बढेको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रियामा ढिलाई भएको थियो । केही समय अघि मतदान स्थलमा मतपत्र आइपुगेपछि मतदान शुरु भएको हो ।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको बुझिएको छ । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकोले पनि मतदान सुरुहुन अबेर भएको हो ।

आफ्नो नाम छुटेपछी उम्मेदवारहरुले निर्वाचन समितिमाथी प्रश्न उठाएका थिए । बागमतीमा सभापतीका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौको ३ वटा र अन्य जिल्लाको ६ वटा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ