- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा भएको मतदानमा कुल एक हजार २७ मत मध्ये एक हजार तीन मत खसेको छ ।
कैलालीको धनगढीमा जारी अधिवेशनमा शनिबार अपरान्ह मतदान सकिएको हो । अब गणनाको तयारी भइरहेको छ । गणना राती ९ बजेदेखि शुरु हुने जनाइएको छ ।
नेतृत्वका लागि भने संस्थापन र इतर पक्षले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा थिए । सुदुरपश्चिममा ८ पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा प्रदेश सभापतिमा केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई अघि सारेको छ । त्यस्तै संस्थापन इतर समूहले नारायण मिश्रलाई अगाडि सारेको छ ।