arrow

गण्डकी कांग्रेसमा उत्साह, मात्र १४ मत खसेन, मतगणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congress-gandaki-election-4.jpg

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान साँझ सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन् । 

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आँकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त जिल्ला सभापति हेर्दा संस्थापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पौडेल समूहको बहुमत रहेको आँकलन गरिएको छ ।

धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । 

कास्कीमा तीन निर्वाचन क्षेत्र छ । जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भूगोलको प्रभाव पर्यो भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ