arrow

कांग्रेस वाग्मती प्रदेशको मतदान राती १० बजेसम्म जारी रहने

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congress-bagmati56.jpg

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ ।

बिहान ९ बजेदेखी सुरु हुने भनिएको मतदान प्रक्रिया ५ बजे शुरु भएको हो । आठ घन्टापछि शुरु भएको मतदानको समय राति १० बजेसम्म रहेको निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जनाएका छन् ।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको काफ्लेले बताए । शुक्रबार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकोले पनि मतदान शुरु हुन अबेर भएको हो ।

आफ्नो नाम छुटेपछी उम्मेदवारहरुले निर्वाचन समितिमाथी प्रश्न उठाएका थिए । बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ ।

मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौंको ३ वटा र अन्य जिल्लाको ६ वटा छ । बागमतीमा जम्मा २१ सय ३७ मतदाता रहेका छन् ।



नयाँ