arrow

बागमती कांग्रेसको मतदान राति १० बजेसम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congress-bagmati-election-3.jpg

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ । बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेमात्र शुरु भएको हो । ८ घण्टापछि शुरु भएको मतदानको समय राति १० बजेसम्म रहेको निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जनाएका छन् ।

उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको काफ्लेले बताए । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकाले पनि मतदान शुरु हुन अबेर भएको हो । 

आफ्नो नाम छुटेपछि उम्मेदवारहरुले निर्वाचन समितिमाथि प्रश्न उठाएका थिए । 

बागमतीमा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन विज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । 

जसमा काठमाडौंका ३ वटा र अन्य जिल्लाका ६ वटा रहेका छन् । बागमतीमा २१ सय ३७ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ