arrow

कांग्रेस प्रदेश १ मा ९७ प्रतिशत मत खस्यो, गणना आइतबार बिहान ८ बजे

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ मंसिर १८ शनिबार
congress-province-1-electio.jpg

मोरङ । नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन अन्तर्गत शनिबार भएको मतदानमा ९७ प्रतिशत मत खसेको छ । कूल एक हजार आठ सय चार मतदातामध्ये एक हजार सात सय बाउन्न मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ । 

गणना भने आइतबार बिहान ८ बजेदेखि हुने समितिले जनाएको छ । कांग्रेस मोरङको पार्टी कार्यालयमा मतगणना हुने निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए । 

शनिबार बिहान ८ बजेदेखि हुने मतदान हुने भनिए पनि मतपत्रमा उम्मेदवारको नाम छुटेपछि दिउँसो २ः१५ बजेदेखि मात्र मतदान शुरु भएको थियो ।

थापाले भने, ‘प्राविधिक त्रुटिका कारण तीन जना उम्मेदवारको नाम मतपत्रमा छुट्न गएछ त्यही उल्झनले केही ढिलो हुन गयो । नेता ज्यूहरुको सहमतिमा नाम छुटेका उम्मेदवारलाई सर्वसम्मत बनाइएपछि विवाद मिल्यो ।’

थापाका अनुसार उमेदवारहरु श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको थियो । उनीहरुको नाम समावेश गरेर फेरि मतपत्र छाप्ने भन्ने तयारी भइरहँदा नेताहरुबीच सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो । 

सभापतिसहितका पदाधिकारी चयन गर्न १ हजार ७ सय मतदाता प्रदेश राजधानी विराटनगर आएका थिए । मतदानमा ढिलाइ भएपछि असन्तुष्ट बनेका उनीहरुले अपरान्ह मतदानस्थल विराटनगर अस्पताल छेउँको मैदानमा केहीबेर नाराबाजी नै गरे । 

चुनावमा संस्थापन र पौडेल–कोइराला समूहले प्यानल खडा गरेर भाग लिएका छन् । सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा, दुई उप–सभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, विश्नाथ रिजाल र रमेशजंग रायमाझी, दुई महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा छन् । 

यसैगरी सहमहामन्त्रीतर्फ दुई महिला र दुई खुलामा प्रमिला थापा, रोहित राई, सुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोद कुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापा छन् । 

सभापति पदमा पौडेल–कोइराला समूहबाट मोरङका गुरुराज घिमिरे र संस्थापनबाट झापाका उद्धव थापा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ