- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बिहान ८ बजे देखी सुरु भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशको अधिवेशन केही बेर अगाडी सकिएको छ । प्रदेशमा कुल मतदाता सङ्ख्या १ हजार ६ सय ७० रहेकोमा १ हजार ६ सय ३१ मत खसेको छ । बाँकी ३९ मत नखसेको निर्वाचन आयोगले जनाएको छ । मतगणना आइतबार गरिने भएको छ ।
प्रदेश स्तरीय पहिलो अधिवेशनमा आआफ्ना पकटका नेताहरूलाई नेतृत्व पुर्याउन संस्थापन पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र संस्थापन इतर दाङका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी बिच भएको प्रतिस्पर्धात्मक चुनावीले मतदान सकिएपछि अहिले दुई नेता मध्ये कसले मर्ला वाजी भन्ने सबैको ध्यानाकर्षण गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण आफ्नो पक्षको नेतृत्व जोगाउने कोसिसमा छन्, भने संस्थापन इतरका प्रिय मानिने गिरीले आफू नेतृत्वको विरासत कायम गर्न कसरतमा छन् ।
नेतृत्व जमाउन आफैँले टिकट दिएका व्यक्तिलाई जिताएर लुम्बिनी प्रदेशको आफ्नो कमाई राख्ने र राजनीतिक विरासत जोगाउने प्रयास दुवैमा देखिएको छ । संस्थापन पक्षले उम्मेदवार छनौट देखि चुनावी कमान्डर समाल्न गृहमन्त्री खाँणलाई जिम्मा लिइएको छ । संस्थापन इतरले भने पूर्व राज्यमन्त्री गिरीलाई आफ्नो पक्षको उम्मेदवार छनौट देखि चुनावी प्रमुखको रूपमा अघि बढायो ।
निर्वाचनबाट काँग्रेसमा १ जना प्रदेश सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सह महामन्त्री गरी ८ जना पदाधिकारी निर्वाचित हुने छन् । खुल्ला सदस्य १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछन् ।
यस्तै खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसी कोटामा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित २ जना र अल्पसङ्ख्यक वा अपांङग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति निर्वाचित हुने छ ।