arrow

बागमतीको मतगणना मध्य रातमै सुरु हुने

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
bagmati-vost-cast.jpg

हेटौँडा। हेटौँडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खसेको छ। बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो। आठ घण्टा पछि सुरु भएको मतदान पौने १० बजे सकिएको थियो। बागमतीको मतगणना मध्यरातमै सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

मतदान सकिएपछि अहिले मतपेटिका शील गरिएको छ। १२ बजेदेखि मतगणना सु रुहुने बताइएको छ। २१ सय ५१ मतदाता रहेको बागमतीमा २ हजार ८३ मत खसेको हो। बागमतीमा ६८ मत खसेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ