arrow

कांग्रेस गण्डकीमा कडा टक्कर, ५०० मत गन्दा शर्माको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
ShukraRaj-Sharma.jpg

पोखरा । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मतगणना जारी छ ।

जारी मत गणनामा करिब आधा मत गन्दा सभापतिमा शुक्रराज शर्माको अग्रता कायमै छ ।

५०० मत गन्दा शर्माले २५१ मत प्राप्त गरेका छन् । 

यस्तै, प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीले २४५ मत पाएका छन् ।

गण्डकीमा संस्थापन पक्षका जोशी र संस्थापन इतर पक्षका शर्माबीच कडा टक्कर देखिन्छ ।

पार्टीको अन्य पदाधिकारीमध्ये केही पदमा शर्मा समूहकै अग्रता देखिएको छ । 

गण्डकी प्रदेशमा पार्टीको एक हजार १६० मतदाता रहेकोमा ११ सय ४६ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ