arrow

कांग्रेस गण्डकी सभापतिमा शर्मा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
sukra_sharma.jpg
तस्वीर–फाइल ।

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् ।

निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । केही बेरअघि ११ सय मत गन्दा शर्माको ५८५ मत र जोशीको ५१० मत रहेको थियो । 

गण्डकी प्रदेशमा एक हजार १६० मतदाता रहेकामा ११ सय ४६ मत खसेको थियो । बाँकी गन्न सबै मत जोशीको पक्षमा आउँदा पनि शर्माले जितिसकेका छन् ।  

पार्टीका अन्य पदाधिकारीमध्ये केही पदमा शर्मा समूहकै अग्रता देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ