arrow

गण्डकी प्रदेशका मन्त्री कुमार खड्का कांग्रेसको महामन्त्रीमा पराजित

logo
हरि पन्त,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
Kumar-Khadka.jpg

पोखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नेपाली कांग्रेस गण्डकीको महामन्त्रीमा पराजित भएका छन्। पार्टी संस्थापन पक्ष अर्थात सभापति पदका उम्मेदवार अर्जुनप्रसाद जोशीको प्यानलबाट प्रदेशको महामन्त्रीमा चुनाव लडेका खड्का पराजित भएका हुन्।

खड्का ८ मतले मात्र पछि पर्दै पराजित भएका हुन्। खड्का ५५६ मत पाएर पराजित हुँदा विष्णुप्रसाद लामिछाने ५६४ मत पाएर विजयी भएका छन्। लामिछाने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्था सभापतिमा विजयी शुक्रराज शर्मा प्यानलका हुन्।

पार्टीको अर्का महामन्त्रीमा शर्मा प्यानलबाटै किरणबाबु श्रेष्ठ ५७३ मतका साथ विजयी भए। जोशीको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका ईश्वर पाण्डे ४७३ मत पाएर पराजित भए।

महामन्त्रीमा पराजित खड्का कास्की-२ बाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ