arrow

आफ्नो यात्रा कांग्रेस र नेपालको समग्र विकासका लागि : गण्डकी प्रदेश सभापति शर्मा

logo
हरि पन्त, 
प्रकाशित २०७८ मंसिर १९ आइतबार
ShukraRaj-Sharma.jpg

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले ‘अबको आफ्नो यात्रा प्रजातन्त्रका लागि, नेपाली काँग्रेसका लागि र सिङ्गो नेपालको समग्र विकासका लागि’ भएको बताएका छन्। पार्टी सभापतिमा निर्वाचित भएपछि शर्माले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको जगमा स्थापित नेपाली काँग्रेसलाई विधि, पद्धति र संस्थागत सञ्चालन गरी युवापुस्ता र अग्र पुस्ताको समन्वयमा प्रशिक्षित युवाको नेतृत्व स्थापित गर्ने सङ्कल्पसमेत गरेका छन् ।

साथै उनले प्रजातान्त्रिक संस्कार विना मुलुकलाई एउटै सूत्रमा आबद्ध गर्न नसकिने भन्दै पार्टीभित्र प्रजातान्त्रिक संस्कार बसाल्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।

सभापति शर्माले पार्टीमा सबै निर्वाचित नेता कार्यकर्तालाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिकाउने, सुदृढ काँग्रेस र प्रशिक्षित नेता कार्यकर्ता निर्माणमा आफूले विशेष ध्यान दिने स्पष्ट पारे ।

प्रशिक्षणमार्फत काँग्रेसको नीति नियम र पद्धति सिकाउने र प्रदेशका ११ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गरिने उनले बताए । 

साथै उनले आफ्नै कार्यकालमा पार्टीको प्रदेश समितिको आफ्नै भवन र कार्यालय स्थापना गर्ने सङ्कल्प पनि गरेका छन् ।

‘अहिले पहिला आफू बन्ने र पछि देश बनाउने काम भएको छ, यसले कसैको पनि हित गर्दैन’, उनले भने, ‘पहिला देश बनाउनुपर्छ अनि मात्रै आफू बनिन्छ भन्ने सिद्धान्तमा म अडिएको छ । मेरो सिद्धान्त देश बनाउनुपर्छ, पार्टी बनाउनुपर्छ । त्यसपछि स्वतः आफू बनिन्छ ।’

सभापति शर्माले पार्टीमा कसैलाई कहीँ अन्याय हुन नदिने सबैको चाहना र भावनालाई समेट्दै पार्टी सञ्चालन गर्ने बताए । 

पार्टी भित्र अग्रजको अनुभव र युवाको जोसलाई समेट्दै सशक्त, जिम्मेवार र अझै लोकप्रिय काँग्रेस बनाउन आफू हतरवरले लाग्ने उनको अठोट छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ