arrow

पार्टी जित्नु ठूलो भन्दै कुमालले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
261710729_321329132915770_7323174852697852566_n.jpg

काठमाडौं । इलामबाट महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि नगेन्द्र कुमालले जनजाति कोटाबाट नेपालीको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

उनी लगातार दोस्रो पटक इलामबाट महासमिति सदस्य भए । १२ औं महाविधेशनमा भने महाधिवेशन प्रतिनिधि भएका थिए । उनी २०७० सालमा निर्वाचित संंविधान सभा सदस्य पनि हुन् । उनी लोकप्रिय नेता हुन् । 

कुमाल नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष पनि हुन् ।  जनजाति महासंघको इतिहासमा अध्यक्ष पदमा डेमोक्रयाटले जित्ने उनी पहिलो जनजाति नेता हुन् ।

२०६९ सालदेखि २०७३ सम्म उनी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भए । उनको राजनीतिक परिचय यत्तिमा मात्र सीमित छैन । प्रदीप पौडेल नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा उनी तत्कालीन मेची अञ्चलबाट नेविसंघको केन्द्रीय उपाध्यक्ष भए । 
उनी नेपाली कांग्रेसको संस्थापन इतर टिममा छन् । पुरानो संस्थापन पक्षसँग निकट छन् । 

‘१४ औं महाधिवेशनमा संस्थापन इतर पक्ष एक जुट हुनुपर्छ ताकि पार्टीको नेतृत्व संस्थापन इतर पक्षमा आउने छ’, उनी भन्छन् ‘कांग्रेसको नेतृत्वमा सामूहिक उत्तरदायित्वको भावना आउन जरुरी छ । र जिम्मेवारवोध हुनुपर्छ । त्यसैले व्यक्ति जिताउनुभन्दा पनि पार्टीलाई जिताउनु पर्छ । पार्टी जित्नु ठूलो कुरा हो ।’ 

पार्टीको आन्तरिक चुनावमा कसैले जितेको र कसैले हारेको महसुस गर्न नहुने उनले सुझाव दिए । उनले भने, ‘यो आन्तरिक चुनाव हो । आन्तरिक चुनावमा सबैले जितेको महसुस गर्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ