- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षले कब्जा जमाएको छ । पदाधिकारीमा संस्थापन निकटका वीरबहादुर बलायरको प्यानल नै विजयी भएको हो । केन्द्रीय सदस्यसमेत रहेका बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । बलायरले संस्थापन इतर समूहका नारायण मिश्रलाई पराजित गरेका हुन् ।
कुल एक हजार २७ मतमध्ये एक हजार तीन मत खसेको थियो । जनसमा बलायरले ६८८ मत पाए । मिश्रले २८० मत मात्र पाए । निकै फराकिलो अन्तरले बलायर विजयी भएका हुन् ।
उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६१० तथा अवस्थीले ५२३ मत ल्याए । गोपाल सिंह गुरुङ, मनबहादुर रावल र हिमबहादुर रावल भने पराजित भएका छन् ।
महामन्त्रीमा नरनारायण शाह मनु र मेघराज खड्का विजयी भएका छन् । मनुले ६४८ र खड्काले ६३५ मत ल्याए । प्रताप गुर्धामी र रामबहादुर शाही पराजित भए ।
सहमहामन्त्रीमा गोपालदत्त भट्ट र चिन्तामणि भट्ट विजयी भएका छन् । गोपालले ५२९ तथा चिन्तामणिले ५३३ मत पाए । नरेन्द्रप्रसाद भट्ट, पदमराज पन्त, लक्ष्मणबहादुर शाही र हर्कबहादुर स्वार पराजित भएका छन् ।
सहमहामन्त्री महिलामा अम्बिकाकुमारी चलाउने विजयी भएकी छिन् । उनले ६८९ मत ल्याउँदा पराजित भएकी खिना भण्डारीले २३३ मत मात्रै ल्याइन् ।