arrow

कांग्रेस महाधिवेशन : प्रदेश १ मा बल्ल थालियो मतगणना 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
matagadana-pradesh-1.jpg

मोरङ । नेपाली कांग्रेस प्रदेश १ को मतगणना ढिलो गरी सुरु भएको छ । 

नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको आइतबार दिउँसोबाट मतगणना सुरु भएको हो ।

निर्वाचन समितिका अधिकृत भरत थापाका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । 

आइतबार बिहान ८ बजेबाट मतगणना सुरु गर्ने तयारी थियो । तर उम्मेदवारका प्रतिनिधि ढिलो आएपछि दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ