- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको तयारी गरिरहेकी विद्यार्थी नेतृ कृष्णकुमारी बस्नेतले अब व्यवस्थित कांग्रेस निर्माण गर्नुपर्ने बताएकी छिन् । नयाँ विधान अनुसार अघि बढ्न र व्यवस्थित कांग्रेस बनाउन संख्यामा मात्र होइन गुणस्तरलाई ध्यान दिनुपर्ने बताइन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधि विजयी भएकी बस्नेतले कांग्रेसभित्र समावेशी हिसाबले मात्र महिलाहरुको सहभागिता नभइ क्षमताका आधारमा आउनु पर्ने बताउँछिन् ।
काठमाडौं चावहिलको पशुपति क्याम्पसमा नेविसंघ इकाइ सभापतिसमेत भएकी उनी स्ववियू कोषाध्यक्ष साथै उपसभापतिको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् । नेविसंघको केन्द्रीय सदस्य साथै उपसभापति भइसकेकी उनी अब पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन पार्टीको केन्द्रीय समितिमा बसेर काम गर्ने बताउँछिन् ।
विद्यार्थी हक हित र नागरिक अधिकारका आन्दोलनहरुमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्दै आएकी बस्नेत यसपटक कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गरेर पार्टीलाई युवामैत्री र अनुशासित बनाउन आफूले भूमिका निर्वाह गर्ने बताइन् ।