arrow

अपडेटः लुम्बिनी कांग्रेसको मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
congress-lumbini-always.jpg

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी छ । नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् । 

४७८ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले २९५ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको १७८ मत रहेको छ । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् । पुन संस्थापन इतरका रामचन्द्र पौडेल निकटका नेता हुन् । 

मतगणतना ढिला गरी भइरहेको छ । 

दुई उपसभापतिका लागि भएको मतदानमा अष्टभुज पाठकको २७८ मत रहेको छ । भुवनप्रसाद श्रेष्ठको २८३ मत रहेको छ । राजु खनालको १९३ तथा सुधाकर पाण्डेको १४९ मत रहेको छ । 

महामन्त्रीमा विक्रम खनालको २९३, सुरेन्द्रराज आचार्यको २८३, खिमान सिंह रायमाझीको १५४ तथा जन्मजय तिमल्सिनाको १६० मत रहेको छ । 

सहमहामन्त्री महिलामा निमा गिरीको २७० तथा सरिता चौधरकिो १६२ मत रहेको छ । सहमहामन्त्री खुलामा विष्णुप्रसाद खनाल मुस्कानको २९१ तथा खगराज पाण्डेको २६२ मत रहेको छ । माया पुनको १७७ तथा लक्ष्मीनारायण शाहको १६० मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ