arrow

अपडेटः लुम्बिनी कांग्रेसमा मतान्तर बढाउँदै संस्थापन इतर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
congress-lumbini-always.jpg

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी छ । लुम्बिनीमा १ हजार ६३१ मत खसेको थियो ।नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् । 

६१५ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले ३७८ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको २३१ मत रहेको छ । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् । पुन संस्थापन इतरका रामचन्द्र पौडेल निकटका नेता हुन् । 

मतगणतना ढिला गरी भइरहेको छ । 

दुई उपसभापतिका लागि भएको मतदानमा अष्टभुज पाठकको ३५१ मत रहेको छ । भुवनप्रसाद श्रेष्ठको ३६२ मत रहेको छ । राजु खनालको २४२ तथा सुधाकर पाण्डेको १९७ मत रहेको छ । 

महामन्त्रीमा विक्रम खनालको ३६२, सुरेन्द्रराज आचार्यको ३६१, खिमान सिंह रायमाझीको २०५ तथा जन्मजय तिमल्सिनाको २०५ मत रहेको छ । 

सहमहामन्त्री महिलामा निमा गिरीको ३५२ तथा सरिता चौधरीको २०६ मत रहेको छ । सहमहामन्त्री खुलामा विष्णुप्रसाद खनाल मुस्कानको ३६९ तथा खगराज पाण्डेको ३४६ मत रहेको छ । माया पुनको ३२४ तथा लक्ष्मीनारायण शाहको २१० मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ