arrow

बागमती कांग्रेसमा दोस्रो चरणको मतदान सम्पन्न

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७८ मंसिर १९ आइतबार
congress-883833.gif

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । हिजोको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । 

बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो २ हजार ८३ मत खसेको थियो । दोस्रो चरणमा त्यो संख्या घटेर २ हजार २५ मा झरेको छ । 

आज ७ वटा केन्द्रबाट मतदान भएको थियो । बागमतीको सभापतिका लागि ईन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान उम्मेदवार बनेका थिए । हिजोको निर्वाचनमा तेस्रो स्थानमा पुगेका उम्मेदवार प्रधानले दोस्रो चरणमा सभापतिमा ईन्द्रबहादुर बानियाँलाई सहयोग गर्ने बताइसकेका छन् । 

यो आँकडा हेर्दा बानियाँले जित्ने लगभग पक्का छ  । तर दोस्रो चरणमा जम्मा मत कति खस्यो भन्ने विवरण भने आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ