arrow

आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्रामीण आदर्श क्याम्पसका नेविसङ्घ नेता सौरभ घिमिरे, महेशमणि पौडेल, प्रदीप जङ्ग शाह, माधव बजगाईँलगायतलाई आक्रमण गर्ने नेत्रविक्रम चन्द समूह निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न माग गरेका हुन् । 

'क्याम्पस हाताभित्र अनधिकृत प्रवेश गरी द्वन्द्व बढाउने गतिविधि गर्दै गर्दा आम विद्यार्थीले सोको विरोध जनाउँदा शैक्षिक संस्थामा वैचारिक राजनीति नगरी भौतिक आक्रमणमा उत्रनु दुःखद र निन्दनीय छ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

नेविसङ्घले घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई हदैसम्म कारबाही गर्नुपर्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ