arrow

बागमती कांग्रेसमा बानियाँ र केसीबीच कडा टक्कर, चार सय मत गन्दा केसी अगाडि

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
baji.jpg

हेटौँडा । हेटौँडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको मतदान सम्पन्न भएपछि मत गणना कार्य सुरु भैसकेको छ ।

शनिवारको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतवार दोस्रो चरणको मतदान भएको हो । हेटौँडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना सुरु भएको हो ।  सभापतिका लागि २ जना उम्मेदवार मैदानमा छन् ।

उता आज चुनाव अघि नै सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेदवार इन्द्र बानियाँलाई समर्थन गर्ने बताइसकेका थिए ।

आज भएको मतदानको चार सय मत गन्दा जगदीश्वर नरसिंह केसीको २१६ मत आएको छ भने इन्द्र बानियाँको १८२ मत आएको छ । २ मत बदर भएको छ ।

आजको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो २ हजार ८३ मत खसेको थियो ।

हिजो प्रदेश सभापतिका उम्मेदवार इन्द्र बानियाँ, केसी र भीमसेनदास प्रदानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । जसमा बानियाँले ९ सय ९२  मत, केसीले ८ सय ७२ मत र प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ