arrow

अपडेट: बागमतीमा १ हजार मत गन्दा इन्द्र बानियाँको अग्रता

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १९ आइतबार
baji.jpg

हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरणको निर्वाचनको मतगणना कार्य जारी छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना भैरहेको छ ।

आज भएको मतदानको १ हजार मत गन्दा जगदिश्वर नरसिंह केसीको ४७० मत आएको छ भने इन्द्र बानियाँको ५२६ मत आएको छ ।

आजको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो २ हजार ८३ मत खसेको थियो ।

हिजोको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो ।  सभापतिका लागि २ जना उम्मेदवार मैदानमा छन् । उता आज चुनाव अघि नै सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेदवार इन्द्र बानियाँलाई समर्थन गर्ने बताइसकेका थिए ।

हिजो प्रदेश सभापतिका उम्मेदवार इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । जसमा इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत, जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ