arrow

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
congress-lumbini-always.jpg

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी छ । लुम्बिनीमा १ हजार ६३१ मत खसेको थियो ।नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् ।

८६६ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले ४७३ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको ३८४ मत रहेको छ । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् । पुन संस्थापन इतरका रामचन्द्र पौडेल निकटका नेता हुन् । मतगणतना ढिला गरी भइरहेको छ ।

दुई उपसभापतिका लागि भएको मतदानमा अष्टभुज पाठकको ४२८ मत रहेको छ । भुवनप्रसाद श्रेष्ठको ४७४ मत रहेको छ । राजु खनालको ४०१ तथा सुधाकर पाण्डेको ३३७ मत रहेको छ ।

महामन्त्रीमा विक्रम खनालको ४७६, सुरेन्द्रराज आचार्यको ४६३, खिमान सिंह रायमाझीको ३३३ तथा जन्मजय तिमल्सिनाको ३४९ मत रहेको छ ।

सहमहामन्त्री महिलामा निमा गिरीको ४५८ तथा सरिता चौधरीको ३४२ मत रहेको छ । सहमहामन्त्री खुलामा विष्णुप्रसाद खनाल मुस्कानको ४७४ तथा खगराज पाण्डेको ४२७ मत रहेको छ । माया पुनको ३७७ तथा लक्ष्मीनारायण शाहको ३५१ मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ