arrow

‘नेतृत्व परिवर्तन भनेर शेरबहादुर देउवालाई मात्र नभनौं’ – बर्मा लामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
barma-lama-interview66.jpg

बर्मा लामा नेपाली कांग्रेस दोलखाको नव निर्वाचित जिल्ला कार्यसमिति सभापति हुन् । २०३७ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीति थालेका उनी कांग्रेसमा २०४८ बाट सक्रिय भए । उनी २०५२ सालमा नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिको सदस्य भए । 

लामा नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा महासमिति सदस्य भए । १० औं  महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भए । १४औं महाधिवेशनबाट पार्टी अझ बलियो हुनेमा उनी आशावादी छन् । नयाँ पुस्ता र पुरानो पुस्तालाई समेटेर पार्टीलाई अगाडि बढाउनु पर्ने उनको तर्क छ ।

‘नेपाली कांग्रेसको नीति र सिद्धान्त राम्रो छ । हामीले ठूला ठूला परिवर्तन गरेका छौं । तर नेपाली कांग्रेसले गरेको कामलाई हामीले जनतासम्म पुर्याउन सकेका छैनौं । यसमा संगठनको कमजोरी हो । अहिले भ्रातृ संगठनहरु लथालिंग भएका छन्’ उनले भने, ‘त्यसैले अब नेपाली कांग्रेसका कार्यकर्ताहरु घर घरमा गइ कांग्रेसले गरेका कामहरु र भोलि गर्ने कामहरुको बारेमा जनतालाई बुझाउनु पर्छ ।’ 

१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन हुँदा राम्रो हुने उनको तर्क छ । उनले भने, ‘नेतृत्व भन्नाले शेरबहादुर देउवालाई मात्र नभनौं । सबैले आ–आफ्नो ठाउँबाट जश अपजश लिन सक्नुपर्छ । नेतृत्वमा बस्नेहरुले पनि गल्ती कमजोरी गरेका छन् । गल्ती कमजोरी उनीहरुले पनि स्वीकार गर्नुपर्छ ।’

वर्तमान नेतृत्वले पार्टीका भ्रातृ संस्थाहरुको परिचालन गर्न नसकेको तथा कांग्रेसले गरेको काम जनतामा पुर्याउन नसकेको भन्दै अबको नेतृत्वले त्यसलाई सच्च्याएर अघि बढ्नु पर्ने उनको तर्क छ ।

नयाँ पुस्ता भनेर पुरानो पुस्तालाई उपेक्षा गर्न नहुने उनको भनाइ छ । पुरानो पुस्ताले पनि पार्टीको लागि ठूलो योगदान दिएको उनको बुझाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ