arrow

कांग्रेस महाधिवेशनबाट पार्टीमा नवीनता आउनेछ – विनोद बान्तवा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
binod-bantawa-interview3535.jpg

काठमाडौं । विनोद बान्तवा नेपाली कांग्रेस भोजपुर जिल्ला कार्यसमितिको नव निर्वाचित जिल्ला सभापति हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुनेमा उनी आशावादी छन् । यसको लागि आफूहरू लागेको उनले बताए । 

बान्तवा विद्यार्थी आन्दोलनबाट उनी नेपाली कांग्रेसको राजनीतिमा सहभागी भए । २०४५ सालमै उनी नेविसंघमा आबद्ध भए । त्यसबेला उनी भोजपुर नेविसंघ जिल्ला कार्यसमितिको सहसचिव थिए । २०४५ सालबाटै उनी पार्टीको क्रियाशील सदस्य भए । 

उनी २०४६ सालको आन्दोलन अघि नै नेपाली कांग्रेसमा सहभागी भइ कांग्रेसबाटै राजनीति सुरु गरे । नेपाली कांग्रेसको १३औ महाधिवेशनमा उनी महासमिति सदस्य थिए । १२औ महाधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए ।

कांग्रेसभित्र अहिले भइरहेको गुटउपगुट व्यक्तिको स्वार्थको लागि भइरहेको भन्दै यसले कांग्रेसलाई फाइदा नगर्ने उनको बुझाइ छ । संगठनलाई केन्द्रमा राखेर गुट हुनुपर्ने उनको भनाइ छ । 

उनी भन्छन्, ‘स्वभाविक रुपमा पार्टीमा धेरै मान्छेहरु आएका छन् । त्यहाँभित्र पनि मत मिल्ने साथीहरुको गुट हुन्छ नै । तर अहिले भइरहेको गुट पार्टीलाई क्षति पुर्याउने खालको छ । कांग्रेसलाई क्षति गर्ने गरी गुट बनाउनु हुँदैन । यसमा पार्टीका साथीहरु सचेत हुनुपर्छ ।’ 

कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टीमा नवीनता आउनेमा उनी आशावादी छन् । उनी भन्छन् ‘अहिले कांग्रेसमा धेरै युवा पुस्ता आएका छन् । कांग्रेसलाई युवासँग जोड्नु पर्छ । विकाससँग जोड्नु पर्छ । गाउँदेखि नै कांग्रेसको संगठन अब्बल बनाउनु पर्छ भन्ने युवा साथीहरुको भावना छ । त्यसैले अहिले आएको युवा पुस्ताले पार्टीलाई झनै बलियो बनाउनेछ भन्नेमा म विश्वस्त छु ।’

पार्टीको नेतृत्व परिवर्तन गर्न पार्टीका बहमुत साथीहरुको भोट चाहिने उनको तर्क छ । उनले भने, ‘हामी एक दुई जना साथीहरु मात्र लागेर हुँदैन । बहुमत साथीहरुको भोटबाट नेतृत्व परिवर्तन गर्ने कुरा हो ।’ बान्तवाले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा उभिएका छौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ