arrow

तनहुँमा गोली लागेर एक युवकको मृत्यु, एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
goli-news.JPG

पोखरा । तनहुँमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकका १७ वर्षीय रोमित मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मल्ल आइतबार राति शिकार खेल्न जंगल गएका थिए । प्रहरीका अनुसार भरुवा बन्दुक मल्ल आफैले बोकेको खुलेको छ । 

गोली कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार गएराति ८ बजे शुक्लागण्डकी १ कै रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा मल्ल र छिमकी ४७ वर्षीय सुमन गुरुङ शिकार खेल्न गएका थिए ।

गुरुङलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको खड्काले जानकारी दिए । घटनास्थलबाट बन्दुक पनि बरामद भएको छ ।

मल्लको शवलाई स्थानीय स्वास्थ्यचौकीमा राखिएको डिएसपी खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ