- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय सहमहामन्त्रीको चर्चामा रहेका खतिवडाले शीर्ष नेताहरुसँगको सल्लाह अनुसार नै आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको हाम्राकुरालाई जानकारी दिए ।
सभापति शेर बहादुर देउवा निकट मानिने खतिवडा कांग्रेस बृत्तमा लोकप्रिय मानिन्छन् । संस्थापन समूहले उनलाई कांग्रेस प्रदेश नम्बर १ को सभापति पदका अगाडि बढाउने चर्चा पनि गरेको थियो ।
‘पार्टीमा सबैलाई समेटेर जानुपर्ने बाध्यता र आगामी चुनावमा पार्टीमा पहिलो बनाउनुपर्ने जिम्मेवारी हामी सबैको भएकाले त्यागको भावना अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ’ उनले भने ।
आगामी दिनमा केन्द्रीय समितिमा रहेर पार्टीलाई सुदृढ बनाउने र आगामी चुनावमा बहुमत दिलाउन अहम भूमिका निर्वाह गर्ने पनि बताए । उनले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई आफूलाई मतदान गरेर सहयोग गर्न अपिल समेत गरेका छन् ।
खतिवडा ओखलढुंगाबाट लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।
उनी कांग्रेसको १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा झिनो मतले पराजित भएका थिए ।