arrow

कांग्रेस गण्डकीमा लमजुङका सहमहामन्त्रीसहित पाँच जना निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
congress-gandaki-province-11111.jpg

लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीमा सहमहामन्त्रीसहित पाँच पदमा लमजुङबाट निर्वाचित भएका छन् । लमजुङका रमेशकुमार पाण्डे ६१८ मत ल्याएर निर्वाचित भएका हुन् । सदस्यमा लमजुङका चार जना निर्वाचित भएका छन् । भुगोलतर्फ दुई जना, खुल्ला र खसआर्य महिलातर्फ एक–एक जना निर्वाचित भएका हुन् । 

कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने भुगोलतर्फ जिल्लाका महाधिवेशन प्रतिनिधि हरि बराल र छुपीमाया गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार जिल्लाबाट पुरुषतर्फ बराल र जिवनकुमार श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा भएकोमा बरालले पाँच सय ५९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले चार सय ६३ मत पाएका छन् ।

विधान अनुसार प्रदेश कार्यसमितिमा आठ जना रहने खुल्ला सदस्यतर्फ लमजुङका दिपेश गौतम निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि खसआर्य महिलातर्फ उम्मेदारी दिएका लमजुङका विष्णुमाया धिताल र सुस्मिता थापा अधिकारीमध्ये धिताल निर्वाचित भएकी छिन् ।

प्रदेश कार्यसमितिका लागि आदिवासी जनजाति खुल्लातर्फ लमजुङका बद्रीमान श्रेष्ठ पाँच सय मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ